अन्तराष्ट्रिय नारी दिवसका अवसरमा अभियान लघुवित्तद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन


काठमडौं । अन्तराष्ट्रिय नारी दिवसका अवसरमाअभियान लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले ‘वित्तीय साक्षरता हाम्रो अभियान’ भन्ने मूल नाराका सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

“नेपालको लघुवित्त क्षेत्रको परिप्रेक्ष्यमा गाउँ क्षेत्रमा वित्तको पहुँचका लागि उद्योगहरू उदय भइरहेका छन्, जहाँ पूर्वाधार, आर्थिक गतिविधि, सामाजिक चेतना अत्यन्तै कमजोर छ,” अभियान लघुवित्तका अध्यक्ष बाबुराम थापाले भने, “ग्रामीण भेगमा केन्द्रीत भई बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, पारिवारिक बजेट सम्बन्धी जानकारी आम मानिसमा दिलाउन सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरेका हौँ ।”

कार्यक्रमबाट ग्रामीण भेगमा रहेका विपन्न वर्गका समुदाय लाभान्वित हुने अपेक्ष गरिएको संस्थाले जनाएको छ । संस्थाले यो कार्यक्रमलाई निरन्तर रुपमा समेत अघि बढाउने जनाएको छ । कार्यक्रममा ग्रामीण भेगमा केन्द्रीत भई बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, पारिवारिक बजेट सम्बन्धी जानकारी गराइएको लघुवित्त जनाएको छ।

मुक्तिनाथ क्यापिटलसँग साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता गरेको संस्थाले नेपालभर ६० वटा शाखा कार्यालय मार्फत विपन्न वर्गका महिलाहरुलाई समूहमा आवद्ध गरी बचत संकलन तथा कर्जा प्रवाह गरेको छ ।

आ.व.०७७०/७८ को आषाढ मसान्तसम्ममा १ करोड ७७ लाख खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालु आ.व. को दोश्रो त्रैमासिक अवधिसम्ममा १ करोड ३७ लाख खुद मुनाफा आर्जन गरेको छ ।