सहकारी छानबिन संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक शुरु


काठमाडौँ । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक केही बेरअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो ।

यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन । गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा रास्वपाबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसबाट कार्कीसहित सांसद जीवन परियार तथा नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला छन्।

कार्यदलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट पूर्वमन्त्रीसमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्की थपिएका छन्।