नेप्से परिसूचक घट्दा बढ्यो कारोबार रकम


काठमाडौं । साताको कारोबार अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम भने बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१७ अंकले घटेर ४८८.९४ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर घटेको छ । बाँकी २ वटा उपसमूहको सेयर बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । संस्थाको ३० करोड ६३ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र युनाइटेड इदी मर्दीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै नेप्सेमा आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य्र ४.६७ प्रतिशतले घटेको छ ।

कूल २२४ वटा कम्पनीको ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।