शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार (आज) प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ४१ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको महाृंघले जनाएको छ । महासंघका अनुसार आजको दिन चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँ कारोबार भएको छ ।