भारतको राजधानी शहर दिल्लीमा गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । छिमेकी शहर नोएडामा विगत ७२ घण्टामा १४ जनाको मृत्यु भएको छ ।
जसले संघीय सरकारले सरकारी अस्पतालहरूलाई हेटस्ट्रोकका बिरामीको उपचारलाई प्राथमिकता दिन आग्रह गरेको छ । साथै विभिन्न अस्पतालमा ६० भन्दा बढी गर्मीका बिरामी भर्ना भएका छन् ।
तीमध्ये धेरैजसो मजदुर वा ६५ वर्षभन्दा माथिका मानिसहरू रहेको बताइएको छ । दिल्ली र वरपरका क्षेत्रहरूले विगत केही दिनहरूमा तिब्र गर्मीको लहरको सामना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्