वर्षकाे अन्तिम दिन नेप्से ३० अंकले बढ्याे, नयाँ वर्ष सकरात्मक हुने लगानीकर्ताको आशा


काठमाडौं । यस वर्षको अन्तिम कारोबार दिन आज (बुधबार) सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेका छन् । निरन्तर घटेको बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

सेयर बजार वर्षको अन्तिम कारोबारको दिन सकरात्मक बनेर २०७८ साललाई विदाई गरेको छ । आज नेप्सेमा देखिको हरियालीले २०७९ सालमा सेयरबजार सकरात्मक रहने संकेत दिएको लगानीकर्ताहरु बताउँछन् ।

यस वर्ष इतिहासकै उच्च अंकमा पुगेको सेयरबजार भदौको पहिलो सातादेखि वियरिस ट्रेण्डमा देखिएको छ । वैशाख देखि भदौसम्म सकरात्मक बुल देखिएको सेयर मार्केटमा भदौ देखि यता वियरिस बनेको छ ।

सेयरबजारमा अहिलेको देखिएको वियरिस ट्रेण्ड बुल मार्केटको यात्रामा आउने छोटो समयको करेक्सन मात्रै रहेको नेपाल इन्भेन्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।

“बजारको राम्रो पक्ष भनेकै घट्नुर बढ्नु हो त्यसैले यसलाई पनि हामीले एउटा करेक्सनको रुपमा लिनुपर्छ नयाँ वर्षको सुरुवातसँगै बजारले पनि नयाँ गति लिनेमा विश्वस्त बनाैं।” ढकालले भने ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.९७ अंकले बढेर ४५६.०९ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै अन्य समूह बढेको छ ।
बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ४३ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज पनि नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज दिन युनाइटेड इदी मार्दीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीले सेयरमूल्य २.०८ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको ३३ लाख ९८ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ६३ लाख १८ हजार एक सय ४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।