निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः सांसद अर्याल


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा उनले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताइन् ।

उनले पुथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ ? भन्दै प्रश्न गरिन् । पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको उनकाे भनाइ छ ।

राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने उनले उल्लेख गरिन् । 

उनले महत्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताइन् । नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको उनकाे भनाइ छ ।