क्रिकेट रंगशालाबारे प्रधानमन्त्रीले गरे खेलाडी र क्यानसँग छलफल


काठमाडौँ । क्रिकेट रंगशालाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान बालुवाटारमै क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका हुन् ।

ओलीले आफू प्रधानमन्त्री बनेपछि पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको स्तरोन्नतिबारे निर्णय गरेका थिए ।

आइतबार भएको छलफलमा क्यानका सचिव पारस खड्का, पुरुष क्रिकेट टिमका खेलाडी, पूर्वक्रिकेटर शक्ति गौचन, कलाकार प्रकाश सपुत, रचना रिमाललगायत उपस्थित थिए ।