साउनको अन्तिम सोमबार : यस्तो देखियो पशुपतिनाथ मन्दिर परिसर(फाेटाे फिचर)


काठमाडौँ। आज साउनको अन्तिम सोमवार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।


साउन महिनाभर महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज साउनको चौथो अर्थात् अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो छ । साउनको प्रत्येक सोमबार ब्रत बसेका महिलाहरुले आज विधिपूर्वक ब्रत समापन गर्दैछन्।