पाँच मिनेटमा ५० प्रतिशत चार्ज हुने रियलमीको नयाँ फोन


काठमाडौं । चिनीयाँ स्मार्टफोन कम्पनी रियलमीले सबैभन्दा छिटो चार्ज गर्ने प्रविधि सहित स्मार्टफोन ल्याएको छ । रियलमीले जिटी नियो ३ मा १५० वाट अल्ट्राडार्ट चार्ज ल्याएको हो । यसले प्रयोगकर्ताको ब्याट्री ५ मिनेटमा ०% देखि ५०% सम्म चार्ज हुने कम्पनीले जनाएको छ । रियलमीले डिएक्सओमार्क चार्जिङ टेस्ट ईतिहासमा यसले नयाँ रेकर्ड बनाएको हो ।

उपभोक्ताहरुका लागि उत्कृष्ट उत्पादन छनोट गर्नका लागि डिएक्सओमार्कले जिटी नियो ३ का सुविधाहरुको मूल्याङ्कन गरेको छ । पछिल्लो घोषणा अनुसार, रियलमी जिटी नियो २ चार्जिङ समयमा १२१ चार्जिङ सव–स्कोरको साथ डिएक्सओमार्क परीक्षणमा शीर्ष स्थान बनाएको हो ।

त्यसैगरी,जिटी नियो २ ५जी र एप्पल आई फोन १३ प्रो म्याक्स क्रमशः १०१ र ७३ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ । प्रयोगकर्ताका रुचि र आवश्यकताहरु पूरा गर्न रियलमी जिटी नियो ३ अल्ट्राडार्ट डुअल – चिपसेट सहित ४ः२ हाई पावर चार्जिङ आर्किटेक्चर रहेका छन् ।

कम्पनीका अनुसार उच्च क्षमता भएको चार्ज पम्पले चार्ज गर्दा हुने तातो घटाउने, कम तापक्रममा चार्ज बढी टिक्ने र चार्जिङ स्पीड राम्रोे हुने छ । यसमा एमसियू चार्जिङ सेक्युरिटी चिप भएका कारण १५० वाट चार्जरलाई असामान्य चार्जिङ स्थितिको अवस्थामा सीधै बन्द गर्न सक्ने भएको सुरक्षको बारेमा चिन्ता नगर्न कम्पनीले जनाएको छ ।