चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौंः मन्त्री यादव


काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौंवासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताए ।

उनले यी आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने उल्लेख गरे । तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने उनकाे भनाइ छ। उनले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताए ।

मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौंवासीलाई दिने गरेको उल्ले गरे ।