सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

शनिबार सुन एक लाख ५६ हजार ३०० र चाँदी एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो