आज संविधान दिवस तथा राष्ट्रिय दिवस, विविध कार्यक्रम गरेर मनाइँदै


काठमाडौँ। आज संविधान दिवस तथा राष्ट्रिय दिवस । देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

नेपालमा हाल कार्यान्वयनमा रहेको संविधान जारी भएको समय असोज ३ गतेको सम्झनामा रहेक वर्ष दिवस मनाइँदै आइएको छ ।

देशभर दिवस मनाउनका लागि सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ मूल समारोह समिति गठन गरेर काम गरिरहेको छ ।

जिल्ला जिल्लामा दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । पालिकाहरुमा सम्बन्धित पालिका प्रमुखको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम आयोजक समिति गठन गरिसकिएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बुधवार सार्वजनिक विदा दिइएको छ । आज वन कार्यालयको समन्वयमा देशभर वृक्षारोपण गरिँदैछ।

विद्यालय, कलेज तथा शैक्षिक संस्थाहरुमा नेपालको संविधान, संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायतको विषयमा कविता, वकृत्वकला, हाजिरजवाफ प्रतियोगिता लगायतका कार्यक्रम गर्ने तथा फरक क्षमता भएका विद्यार्थीलाई उपयुक्त शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

आज वेलुका देशभर दिपावली कार्यक्रम गर्ने लगायतका कार्यक्रम तय भएका छन्।