आइतबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतीतोला ५ रुपैयाँले बढेर एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।