सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौँ । सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भइरहेको छ । सोमबार सु्नको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर सुनको कर्तिमानी मूल्य कायम भएको हो ।

आइतबार १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य सोमबार १ लाख ५९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।