संयोजक नै अस्वस्थ्य भएपछि अन्तर्वार्ता स्थगित


काठमाडौं । नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले बिहिबार सर्टलिस्टमा परेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीसँग अन्तर्वार्ता लिने कार्यक्रम तय भएको थियो । तर, सिफारिस समिति संयोजक नै बिरामी भइपछि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको हो । समितिका अनुसार अर्को सूचना प्रकाशिन नहुँदासम्म अन्तर्वार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले बिहिबार सर्टलिस्टमा परेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीसँग अन्तर्वार्ता लिने कार्यक्रम तय भएको थियो । तर, सिफारिस समिति संयोजक नै बिरामी भइपछि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको हो । समितिका अनुसार अर्को सूचना प्रकाशिन नहुँदासम्म अन्तर्वार्ता स्थगित भएको छ ।

नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।

बोर्डको अध्यक्षका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । उक्त सर्टलिस्टमा परेका मध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र प्रस्तुतिकरण र अन्तवार्ता यसअघि नै दिइसकेका छन् । बाँकी तीनजना कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीले भने छनौट प्रक्रिया नै बहिस्कार गरेर यसअघिको अन्तवार्तामा अनुपस्थित भएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति हुन सकेको थिएन । अध्यक्ष सिफारिसका लागि गठित समितिले अनिवार्य रुपमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने बाध्यकारी प्रावधानले अध्यक्ष नियुक्ति हुन सकेको छैन ।