विट्साकाे कोषाध्यक्ष बने क्यान महासंघका अध्यक्ष पोद्दार


काठमाडाैँ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इन्नाेभेसन, टेक्नाेलाेजी एन्ड सर्भिसेज एलाइन्सकाे (विट्सा) काे कोषाध्यक्ष बनेका छन् ।

पोद्दार विश्वका ८० वटा सूचना प्रबिधि संस्थाहरुको अन्तर्राष्टिय संस्था विट्सकाे कोषाध्यक्षमा नियुक्त भएका हुन् ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरन्जिबी अधिकारीका अनुसार विट्रसाले विश्वभरी सूचना प्रबिधिका क्षेत्रमा भएका नविनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्दछ ।

साथै, नयाँ नयाँ प्रबिधिका बारेमा खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ ।