भदौंमा भित्रियो १ खर्ब २६ अर्ब रेमिट्यान्स


काठमाडौँ । आर्थिक वर्ष २०८१\८२ को दोस्रो महिना भदौंमा १ खर्ब २६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार जुन साउनको तुलनामा १० अर्बले घटेको हो । साउनमा १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

साउन र भदौंमा दुई खर्ब ६३ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै दुई महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९सय २८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ ।

श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या श्रम स्वीकृति लिनेको सङ्ख्या ३९ हजार १५२ हुँदा पुनः श्रम स्वीकृति लिने १६ हजार ४२३ थिए ।