युएसएसडीमा आधारित भुक्तानी प्रणाली सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘अनस्ट्रक्चरर्ड सप्लिमेन्ट्री सर्भिस डाटा’ (युएसएसडी) आधारित भुक्तानी प्रणालीको औचित्य विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

युएसएसडीमा आधारित भुक्तानी प्रणालीमार्पmत इन्टरनेट वा स्मार्टफोनविना पनि भुक्तानी सेवाहरु उपयोग गर्न सकिन्छ । विभिन्न मुलुकमा उक्त प्रणालीलाई अफलाइन भुक्तानी प्रणालीको रूपमा परिचालन गरी वित्तीय समावेशीकरण एवम् विद्युतीय भुक्तानीमा पहँुच अभिवृद्धि गर्न प्रयोग गरिएको छ ।

यस प्रणालीलाई आवश्यक पर्ने मुख्य प्राविधिक पूर्वाधार (युएसएसडी गेटवे) दूरसञ्चार सेवा प्रदायकहरुको स्वामित्वमा रहने भएकाले उक्त प्रणालीको सहजीकरण, नियमन तथा सुपरिवेक्षणमा केन्द्रीय बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको नियामकीय व्यवस्थाबिच समन्वय हुनुपर्ने आवश्यकता देखिएको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ ।

नेपालमा पनि युएसएसडीमा आधारित भुक्तानी २०२१ देखि सुरु भएको थियो । नमस्ते पे ले सन् २०२१ देखि युएसएसडीमा आधारित भुक्तानीको सुरुवात गरेको थियो । नमस्ते पे ले स्टार५००ह्यास्ट्रायक गरेर पिटुपी भुक्तानी, मोबाइल टपअप, युजर रजिस्ट्रेसनको सुविधा दिइरहेको छ ।

राष्ट्र बैंकले यसको प्रयोगको अवसरसँगै चुनौती पनि रहेको आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ । यसको प्रयोगमा साइबर जोखिम कम हुने, फोन प्रयोगकर्ताहरुलाई समेट्ने, सहरी क्षेत्र र ग्रामिण क्षेत्रमा रहेका वयस्यकहरुलाई बैंकिङ प्रणालीमा जोड्ने र भुक्तानीको वैकल्पिक माध्यम युएसएसडीको अवसर रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अनलाइन भुक्तानीको कारणले यसको प्रयोगको व्यवहार फरक पर्ने, महङ्गो लगानी, प्रयोगकर्ताको सचेतना यसको मुख्य चुनौती रहेको छ ।