बजेटमा भएको व्यवस्था कार्यन्वयनमा ल्याउन नेपाल सिमेन्ट उत्पादक संघको आग्रह


काठमाडौं । आर्थिक वर्ष २०७९÷०८० को वजेटमा सरकारले उल्लेख गरेका व्यवस्था कार्यन्वयनमा ल्याउन नेपाल सिमेन्ट उत्पादक संघले सरोकारवालालाई आग्रह गरेको छ । सरकारले बजेटमा सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्ने उद्योगहरुलाई निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन, वार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने उल्लेख गरेको छ ।

उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न यो बजेटले सहयोग पुग्ने अपेक्षा लिएको संघले जनाएको छ । यस व्यवस्थाले देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने संघले विश्वास लिएको छ ।

संघका अनुसार सरकारले निर्यातलाई प्राथमिकतामा राखेर ल्याएको बजेटले निर्यात वृद्धि हुने र व्यापाराघाटा कम हुने छ । यसले देशमा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा वृद्धि र उद्योगहरु पुर्ण क्षमतामा संचालन भए १५० अर्ब भन्दा वढि रकमको सामान निकासी गर्ने सम्भावना रहेको संघले जनाएको छ ।