ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गरे मर्जर सम्झौता


काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जर सम्झौता गरेका छन् । विहिबार भएको एक कार्यक्रममा दुई बैंक बीच १ः१ को स्वाप रेसियोमा अर्थात बराबरी हैसियतमा मर्जर सम्झौता भएको छ । मर्जपछि बैंकको चुक्तापुँजी ३४ अर्ब भन्दा बढी हुने छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने जनाइएको छ ।

मर्जर पश्चात सञ्चालक समितिमा ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल बन्नेछन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

मर्जर पश्चात् बैंकको कुल पुँजी काेष५२ अर्ब २९ कराेड हुने छ । विहिबारबाट दुई बैंककाे सेयर काराेबार राेक्का भएकाे छ ।