काठमाडाैँ । नेपाल टेलिकमले बाढी पीडितलाई एक करोड दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।
काठमाडौँ उपत्यका लगायत देशभर गत असाेज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका पीडितहरूलाई राहत प्रदान गर्न नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार आर्थिक सहयाेग गरेकाे हाे ।
कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन्।
उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरुको उपस्थिति थियो।

 
                            

                    
प्रतिक्रिया दिनुहोस्