बिहीबार ४५ अंकले घट्यो सेयरबजार


काठमाडौं । बिहीबार पनि सेयर बजारको ओरालो यात्रामा नै निरन्तरता छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.०६ अंकले घटेर ३६२।०९ अंकमा झरेको छ ।

बिहीबार कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड ५३ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज २ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै दिन शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ९।५६ प्रतिशतले घटेको छ ।

कूल २३७ वटा कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।