राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब ३७ करोड रुपैयाँ र उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले २०८१ पु्ष २ गतेदेखि २०८२ पुष २ गतेसम्म ३६६ दिनको लागि लिन सक्नेछन् ।