काठमाडाैँ । टक्सार म्यागजिनका सम्पादक तथा एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) का अध्यक्ष किरण आचार्य च्याउ उत्पादक किसान संघबाट सम्मानित भएका छन् ।
सोमवार राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रमकाबिच आचार्यलाई च्याउ उत्पादन तथा प्रवर्द्धनमा सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सम्मान प्रदान गरेका हुन् ।
आमसञ्चार तथा पत्रकारिता विषयका अध्यापकसमेत रहेका कृषि सञ्चार विज्ञ आचार्य दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
वि. स. २०५९ देखि रोल्पामा रहेर पत्रकारिता शुरु गरेका आचार्य २०६४ सालदेखि राजधानीमा पत्रकारिता क्षेत्रमा छन्। आचार्य २०६८ सालदेखि कृषि तथा आर्थिक पत्रकारितामा कृयाशिल छन्।
प्रतिक्रिया दिनुहोस्