एक सय ३८ कन्या कुमारीको बेल विवाह (तस्बिरहरू)


काठमाडाैँ । नेवारी परम्परामा ईहि अर्थात बेलविवाहको प्रचलन रहेको छ । आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरूलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो । सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजा पश्चात पूजा शुरु गरिएको थियो । पूजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो ।

तस्विरः न्युज एजेन्सी नेपाल