स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कारद्वारा वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की पुरस्कृत


काठमाडाैं । स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई प्रदान गरिएको छ।

बुध्द एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो । पुरस्कारको राशि तीन लाख रूपैँया रहेको छ ।

सुरेन्द्र बहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा अधिवक्ताका रुपमा समेत कार्यरत थिए । उनी निर्वाचन आयोगको प्रथम आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष पनि हुन्।