हुन्डाई क्रेटा ईभी भारतमा सार्वजनिक, सुरुवाती मूल्य १८ लाख


काठमाडाैँ । हुन्डाई मोटर इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा आफ्नो विद्युतीय एसयूभी क्रेटा ईभी सार्वजनिक गरेको छ। कम्पनीले यसको सुरुवाती मूल्य १७ लाख ९९ हजार भारु ताेकेकाे छ भने सबैभन्दा महँगो मोडलको मूल्य १९ लाख ९९ हजार भारुसम्म पुग्छ।

हुन्डाईमा २ वटा ब्याट्रि अप्सनमा रहेको छ। ४२ किलोवाट आवर ब्याट्रि आवर ३९० किमी रेञ्ज दिन्छ भने ५१.४ किलोवाट आवर ब्याट्रिको गाडी ४७३ किमी रहेको छ।गाडीमा ९९ किलोवाट र १२६ किलोवाटका मोटर छन्।

कम्पनीका अनुसार गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न ७.९ सेकेन्ड मात्र समय लिन्छ। चार्जिङका लागि यसमा दुई प्रकारका विकल्प छन्। डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ५८ मिनेट लाग्छ। एसी वाल बक्स चार्जर प्रयोग गर्दा १०० प्रतिशत चार्ज हुन चार घण्टा समय लाग्ने कम्पनीले जनाएकाे छ ।

क्रेटामा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्। ह्वीलबेस २६ सय १० एमएम रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको कम्पनीले जनाएकाे छ ।

क्रेटा ईभी ४ भेरियन्टमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स रहनेछन्। यो गाडीले टाटा कर्भ ईभी, महिन्द्रा बीई६, एमजी जेडएस ईभी, र मारुती ई भिटारा जस्ता गाडीहरूसँग प्रतिस्पर्धा गर्नेछ।

हुन्डाई क्रेटा ईभीले विद्युतीय गाडीको बजारमा नयाँ उचाइ स्थापित गर्न सक्ने अपेक्षा गरिएको छ। यो गाडीले विद्युतीय गाडीप्रति नेपाली उपभोक्ताको आकर्षण झनै बढाउने विश्वास लिइएको छ।