सुजुकीको पहिलो विद्युतीय स्कुटर ई-एक्सेस सार्वजनिक, यस्ता छन् विशेषता


काठमाडौँ । सुजुकी मोटरसाइकल इन्डियाले अटो एक्स्पो २०२५ मा आफ्नो पहिलो विद्युतीय स्कुटर सुजुकी ई-एक्सेस सार्वजनिक गरेको छ ।

लिथियम आइरन फस्फेटबाट बनेको ३.०७ किलोवाट आवरको ब्याट्रीद्वारा संचालित, ई-एक्सेसले ९५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

यस स्कुटरमा प्रयोग भएको ब्याट्रीलाई ०-८० प्रतिशत चार्ज हुन पोर्टेबल चार्जरबाट करिब ४ घण्टा ३० मिनेटको समय लाग्छ भने फास्ट चार्जरको माध्ययम बाट ०-८० पुग्न मात्रै १ घण्टा १२ मिनेटको समय लाग्ने कम्पनीले जनाएकाे छ । एक्सेस इलेक्ट्रिकको प्रारम्भिक मूल्य रु ८१ हजार ७०० भारु राखिएको छ । सुजुकीको नयाँ विद्युतीय स्कुटरले ओलाको एस१ र टिभिएसको आइक्युब स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।