काठमाडाैँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले लगानीमैत्री वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएकाले लगानीमा सुधार हुने आशा रहेको बताएका छन् ।
मंगलवार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोईरालाले अहिले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताएका हुन् । उनले बैंकहरूमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पतीको मात्रा बढिरहेको भन्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताए ।
उनले निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भनिए पनि निराश हुने अवस्था नभएको बताए । उनले बैंकहरुबाट पछिल्लो समय लगानी नै नभएको भन्ने अवस्था नभएको भन्दै केही प्रतिशत वृद्धि भइरहेको बताए । उनले आगामी दिनमा लगानीको ग्रोथ वृद्धि भएर जाने अवस्था देखिएको बताए ।
अध्यक्ष कोईरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभयो । कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको बताए । उनले कर्जा रिकभरीमा स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्