नेपालको कुल वैदेशिक व्यापार २१ खर्बभन्दा बढी


काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैँयाको सामान आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ भन्दा २४.७२ प्रतिशतले आयात बढेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैँया बराबरको सामान आयात भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७९ ८० मा ४१.७४ प्रतिशतले निर्यात वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब १२ करोड रुपैँया बराबरको निर्यात गरेको थियो २०७८/७९ मा २ खर्ब बराबरको निर्यात गरेको छ ।

नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैँया पुगेको छ । व्यापार घाटा २३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैँया रहेको थियो ।

नेपालको कुल वैदेशिक व्यापार २६.१५ प्रतिशले बढेको छ । आर्थिक वर्ष २०७७ ७८ मा नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड रुपैँया बराबरको गरेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैँया बराबरको गरेको छ ।