काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरूले पूर्णता पाउने क्रममा रहेको बताएका छन्
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार सञ्चालनको १०० दिन भित्रै १८ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निस्कर्षमा पु¥याउन सफल भएको बताएका हुन् । त्यही सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणिकरण भइसकेको र आयोग पूर्णता पाउने क्रममा रहेको बताए । सबै मन्त्रालय अन्तर्गत अहिलेसम्म शुरु भएका सबै परियोजनालाई सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति केन्द्रित गरेको बताए ।
उनले थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्ने प्राथमिकता तोकेर योजना बनाएका बताए ।
प्रतिक्रिया दिनुहोस्