काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सात प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक बसेका छन् । ओलीले सात प्रदेशमा भएको विकास निर्माणका विषयमा जानकारी लिन मुख्यमन्त्रीहरुसँग भर्चुअल बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैंठकमा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन् ।
बैठकमा निर्माण व्यवसायीलाई रु ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिँदै प्रधानमन्त्री ओलीले पूर्वधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रुतगतिमा अगाडी बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्