काठमाडाैँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा हिजाे (बिहीबार) देखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरू भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो ३०औं संस्करण हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक विशेष समारोहमाझ एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर क्यान इन्फोटेकको औपचारिक उद्घाटन गरेका हुन् ।
एक्स्पाेमा सर्वसाधारणको लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्ष मुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामुहिक अवलोकनमा आउने अवलोकनकर्ताहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्