एभरेस्ट कलेजको आयोजनामा फागुन ९ गते ‘एभरेस्ट कार्निभल महोत्सव २०८१’ हुँदै


काठमाडौँ । एभरेस्ट कलेजले ‘एभरेस्ट कार्निभल महोत्सव २०८१’ आयाेजना गर्ने भएकाे छ । आगामी फाल्गुन ९ गते शुक्रबारका दिन कलेजको आफ्नै प्राङ्गणमा एभरेस्ट कार्निभल महोत्सव तथा फुड फेस्टिभल आयोजना गरिने भएकाे हाे । कलेजका विद्यार्थीहरूको सहभागितामा सञ्चालन हुने यस महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता तथा मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिनेछ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गर्न तथा विभिन्न खेल तथा गतिविधिमा प्रतिस्पर्धा गर्न पाउनेछन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने भाग्यमानी विजेताहरूका लागि विशेष उपहार तथा पुरस्कारको समेत व्यवस्था गरिएको छ।

कलेजका विद्यार्थीहरूको पहलमा आयोजना गरिँदै गरेको यस महोत्सवले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा संलग्न हुन प्रेरित गर्ने आयोजकको विश्वास छ। बिहान ९ बजेबाट सुरू हुने यस कार्यक्रमले विद्यार्थीहरूलाई रमाइलो मात्र नभई आपसी मित्रता र सहकार्यलाई पनि प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। आयोजकले विद्यार्थी, शिक्षक तथा कलेजसँग सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित भई रमाइलो गर्न आग्रह गरेकाे छ ।