काठमाडौँ । ग्लोबल कलेज अन्तर्गत ‘ग्लोबल स्कुल अफ् ल’ ले स्नातक तहमा कानुन विषय (बिएएलएलबी)को पठनपाठन सुरु गरेको छ ।
बानेश्वरमा रहेको ग्लोबल स्कुल अफ् ल ले यसै वर्षदेखि स्नातक तहमा पढाइ सुरु गरेको हो । यस वर्ष नै पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति पाएको कलेजले भर्ना सुरु गरेको छ ।
ग्लोबल स्कुल अफ् लमा ६० जना विद्यार्थीको कोटा रहेको र भर्ना गरेर पठनपाठन सुरु गर्ने कलेजका कार्यक्रम निर्देशक टङ्क पोख्रेलले जानकारी दिए ।
उनले भने,“ विश्वविद्यालयबाट अनुमति पाउन केही ढिलो भयो तर यसै वर्षदेखि नै पठनपाठन सुरु गर्न अनुमति पाएका छौँ ।”
ग्लोबल कलेज समूह अन्तर्गत विभिन्न कलेजहरू सञ्चालनमा छन् । अनुमतिका लागि कलेजले २ वर्ष अगाडि प्रकृया सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्