काठमाडौ । पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुनको झुप्पा विष्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटनाको छानविन गर्न समिति गठन भएको छ ।
आइतबार गृहमन्त्री रमेश लेखकको मन्त्रिस्तरीय निर्णयबाट आठ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गृहमन्त्री लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य छन् ।
समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ समेत रहने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
बेलुन विस्फोट घटनाको के कसरी भयो भन्नेबारे विस्तृत छानबिनसहितको प्रतिवेदन १५ दिन भित्र बुझाउन गृहमन्त्रीले निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
शनिबार पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यको काठमाडौं कीर्तिपूर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्