‘नेशनल साईबर ओलम्पियाड–२०८१’ +२ संस्करण सम्पन्न


काठमाडाैँ । नेशनल साईबर ओलम्पियाड– २०८१ को +२ संस्करणको पहिलो प्रतियोगिता सम्पन्न भएको छ । +२ संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गते देखि काठमाण्डौमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भएको थियो ।  

फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमाण्डौमा फाल्गुनको १५ गते सम्पन्न भएको छ । कुल २४ टिममा उत्कृष्ट हुँदै फाइनल प्रतियोगितामा ४ वटा +२ कलेजका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगितावाट उत्कृष्ट हुदै कोटेश्वर, काठमाडाैँको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले प्रथम स्थान हासिल गरेकाे छ । बागबजार काठमाण्डौको काठमाडौँ मोडेल कलेज दोस्रो  तथा चौथो र डिल्लीबजार काठमाण्डौको कलेज अफ बिजनेस म्यानेजमेन्टले तेस्रो स्थान हासिल गरेका छन् ।

नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हो जसमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता मार्फत प्रतिस्पर्धा आयोजना हुने गरेकाे छ ।

प्रतियोगिता काठमाडाैँ उपत्यकाका २४ विद्यालयका माध्यमिक तहका ७२ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागि भई प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बिच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा प्रथम हुने  क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरले नगद ३० हजार, ट्रफि, मेडल, सर्टिफिकेट  तथा अन्य धेरै उपहारहरुले सम्मान गरिएको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने कलेजहरुलाई पनि ट्रफि, मेडल, सर्टिफिकेट तथा अन्य धेरै उपहारहरुले सम्मान गरिएको थियो ।

सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने प्रमुख लक्ष्य रहेको यस कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा सम्पुर्ण सरोकारवालाहरु लाई सराहना गर्दै अर्को वर्ष थप परिष्कृत रुपमा प्रतियोगिता सात वटै प्रदेशमा सन्चालन हुने गरी आयोजना गर्ने यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए ।