लघुवित्तले शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने


काठमाडौं । लघुवित्त संस्थाहरुले शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको एकीकृत निर्देशन संशोधन गर्दै प्राथमिक पूँजीको शत प्रतिशत सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने जनाएको छ ।

“सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त निम्न शर्तहरुको अधीनमा रही आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि यस बैंकमा निवेदन पेश गर्न सक्नेछन्,” संशोधनमा उल्लेख गरिएको छ ।

यसअघि चुक्ता पूँजीको बढीमा २५ प्रतिशत हुने रकमसम्म ऋणपत्र जारी गर्न सक्ने व्यवस्था रहेको थियो ।

यस्ताे छ सर्कुलरः