काठमाडौँ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ ।
यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ ।एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ । बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ छ ।
यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गरेको छ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो ।
नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी(आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन् । यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाडौं रेजर्सको स्पोन्सर रहँदै आएको छ ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल नेपालकै अग्रणी दुई-पाङ्ग्रे ब्रान्ड हो। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिमा केन्द्रित भएर यामाहाले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस्