यस रेमिटको इजाजत पत्र खारेज गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले यस रेमिट प्रा.लि. का.म.न.पा. लैनचौरको इजाजत पत्र खारेज गर्ने भएको छ ।। कम्पनीले बैंकबाट विप्रेशणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र खारेज गरिपाउँ भनेर पेश गरेको निवेदनसँगै खारेजीकाे कारवाही अगाडी बढाएकाे राष्ट बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा करोबार बन्द गर्ने सिलसिलामा सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी भएमा ३५ दिन भित्र नेपाल विदेशी विनिमय व्ययवस्थापन विभागमा लिखितरुपमा जानकारी दिनुपर्ने बताएको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यस रेमिट प्रा.लि. का.म.न.पा. २६ लैनचौर काठमाडौं विप्रेशणसम्बन्धी कारोबार गर्ने इजाजत पत्र रद्ध भइ बैंक ग्यारेन्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।