काठमाडाैँ । प्रतिनिधि सभाको बिहीवारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेकाे ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै उक्त उक्त विधेयक पारित भएको हो ।
विधेयकमाथि सांसदहरुले संशोधन प्रस्ताव राखेका थिए । तर दुईवटा बाहेक सबै संशोधनहरू बहुमतले अस्वीकृत भए । अब यस विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस्