नेप्से २४ अंकले घट्दा पौने ३ अर्बको कारोबार


काठमाडौं । सोमबार ५५ अंकको उछाल आएको सेयरबजारमा मंगलबार भने टिक्न सकेन । आज नेप्से परिसूचक २४ अंकले घटेपनि कारोबार रकम भने पौन ३ अर्ब पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर मापक सूचक नेप्से परिसूचक २४.८३ अंकले २०४१.०६ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ३.७५ अंकले घटेर ३९४.३९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबारको दिन नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको से्यरमूल्य ५.६२ प्रतिशतले घटेको छ ।