भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सत्तारुढ दलहरूको निर्णय


काठमाडाैँ । सत्तारुढ दलहरुले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । बुधवार बालुवाटारमा बसेको सत्तापक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र १८ गतेभित्रमा प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था रहेकाले सो अवधिसम्म प्रणामीकरण हुने स्थिति नदेखिएको भन्दै अध्यादेश फिर्ता लिने निर्णय भएको बताए।

भूमि सम्बन्धी अध्यादेशलाई फिर्ता लिने र नियमित विधेयकको रूपमा सदनमा लैजाने निर्णय भएको बताए ।विधेयक लैजाँदा सत्तारुढ दलहरूका मागहरू सम्बोधन गरेर अघि बढाइने पनि उनले जानकारी दिए ।