काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायातको पहुँच र प्रभाव नागरिकको जीवनमा झल्कनु पर्ने बताएका छन् । यातायात मिडिया नेटवर्कले बुधबार काठमाडौँमा आयोजना गरेको ‘सरकारको यातायात नीति : अवसर र चुनौती’ विषयक अन्तरक्रियालाई संवोधनका क्रममा दाहालले ग्रामिण क्षेत्रका बासिन्दाको समेत जीवनशैली र आर्थिक स्तर सुधारमा सहयोग पुग्ने गरि यातायातको पहुँच विस्तार गरिनु पर्ने बताएका हुन् ।
त्यस क्रममा उनले यातायात पूर्वाधार, सवारी सधान र यातायात सेवाको मापदण्डमा समय सापेक्ष सुधार तथा नयाँ मापदण्ड निर्धारण गरि कार्यान्वयन गरिने समेत बताए । व्यवस्थित सेवा प्रवाहका लागि रुट व्यवस्थापनलाई समेत वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले सडकको स्तर अनुसार रुट अनुमति दिईनु पर्ने बताए ।
यातायात व्यवस्थापन, सञ्चालन र नियमतलाई प्रवभाकारी बनाउन नविनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धती अवलम्बन हुने गर आवश्यकता अनुसार कानूनी तथा संस्थागत पुर्नसंरचना गरिने उनको भनाइ छ । सहरी विकास योजना र भुउपयोगसँग सामञ्जस्य कायम राख्दै वृहत परिवहन सहितको एकिकृत सार्वजनिक सहरी यातायात प्रणालीको विकास गरिने उनको भनाइ छ ।
आयोजना छनौटका प्रकृयागत विधि तथा चरण पश्चात कार्यान्वयन योग्य आयोजनाको सुची सहितको आयोजना बैंक तयार गरि प्राथमिकताका आधारमा क्रमश कार्यान्वयनमा लगिने मन्त्री दाहालले बताए । सडक बाेर्ड नेपालको सहयोगमा आयोजित कार्यक्रममा यातायात सम्वद्ध विभिन्न क्षेत्रका प्रतिनिधी, विज्ञ तथा सरोकारवालाहरूकाे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्