काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको बताएका छन् । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरूकाे माग गलत भएको बताएका हुन्।
अदालतमा गइसकेको विषयलाई लिएर प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्नु भविष्यका लागि गलत सन्देश जाने उनको भनाइ छ । उनले केही महिना मात्रै पदावली बाँकी रहेका घिसिङलाई पदमुक्त गर्दा नकारात्मक सन्देश गएको पनि बताए । उनले घिसिङलाई हटाएका कारण प्रतिपक्षले संसद अवरोध गर्दा महत्वपूर्ण अध्यादेशहरू संसदमै थन्किने आशंका व्यक्त गरे । संसदबाट अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने समय सीमा ज्यादै थोरै भएकाले प्रतिपक्षीको संसद अवरोधका कारण प्रभावित भएको उनको भनाइ छ ।
महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट नहटाउन आफूहरूले सरकारलाई सल्लाह दिएको तर त्यो कार्यान्वयन नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्