गोगोरो नेपालको ब्याट्री स्वापिङ प्रविधिः डिस्चार्ज भएको स्कुटरको ब्याट्री ६ सेकेण्डमै फुल चार्ज हुने


काठमाडाैँ । दुईपाङ्ग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालले ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ । गोगोरोले इलेट्रिक स्कुटरको डिस्चार्ज भएको ब्याट्री ६ सेकेन्डमै फुल चार्ज हुने ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको हो ।

ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रिक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने प्रविधि भित्र्याएको गोगोरो नेपालका प्रतिनिधि चिरञ्जिवी शाहले बताए । उनले काठमाडौँका ब्याट्री स्वापिङ स्टेसनहरू काठमाडौँका ४५ वटा स्थानमा स्थापना गरिसकेको बताए ।

उनले काठमाडौँ उपत्यकाबाट  सुरूवात गरिएको प्रविधि बिस्तारै देशका अन्य सहरहरूमा समेत विस्तार गरिने बताए । उनले ग्राहकले डिस्चार्ज भएको ब्याट्री घरमा चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने भएको कारण सहजता लागि उक्त प्रविधि सञ्चालनमा ल्याइएको बताए ।

नेपालमा पेट्रोल स्टेशनहरू जत्तिकै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने गोगोरोको योजना रहेको समेत उनले बताए ।