काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। संसद सचिवालयले एक सूचना जारी गर्दै १७ गते ११ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएको छ ।
यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना निकालेको थियो ।
सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुट्न सकेन ।
प्रतिक्रिया दिनुहोस्