काठमाडाैँ । चोभार सुख्खा बन्दरगाह कन्टेरनरहरू आउनेक्रम बढ्दै गएको छ । जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो ।
चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख बाइट उषा पोखरेलले तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरू चोभार सुख्खा बन्दरगाहामा पहिला भन्दा धेरै कन्टेनरहरु जाँचपास परिक्षणका लागि आउन थालेको बताइन् । उनकाअनुसार गोदामको समेत प्रशस्त व्यवस्था भएकाले व्यवसायीहरूको रोजगाईमा चोभार परेको हुनसक्छ । भन्सार कार्यालयलले छिटो छरितो जाँचपास गर्ने गरेको बताइन् ।
“तातोपानीबाट जाँचपास हुनका लागि चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनरहरू आएका छन् । जाँचपास प्रयोजनका लागि भनेर ट्रान्जिट मोडुल विधि प्रयोग गरेर तातोपानी र रसुवा नाका समेत खुला गरेको अवस्थामा अहिले कन्टेनरहरु जाँचपास हुने क्रममा वृद्धि हुँदै गएको छ,” उनले भने ।
शुक्रवार मात्रै डाइरेक्ट बाइ नामक कम्पनीले चोभारमा भन्सार जाँचपासका लागि कन्टेनरहरु ल्याएको थियो । कम्पनीका अध्यक्ष सुशिल थापाले तातोपानी, रसुवागढीमा गोदाम स्पेस कम भएका कारणले पनि चोभार रोज्नु परेको बताए । उनकाअनुसार ती भन्सारमा क्लीयरिङमा समेत ढिलाइ हुनेगरेको छ । त्यसको कारण रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी हुनु हो ।
उनले काठमाडौँ जाँचपासका लागि ल्याउँदा सहज भएको र जाँचपास छिटो हुँदा आफ्नो व्यापारमा समेत राम्रो गर्नसक्ने भएकाले जाँचपासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको बताए ।
प्रतिक्रिया दिनुहोस्