भाद्र तेस्रो साता राइड कार्यक्रम हुने, मुख्य प्रायाेजक माईपे


काठमाडौं । माइपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठूलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको राइड सेयरिङ्ग एप सजिलोको मुख्य प्रायोजनमा माईपेले राइड कार्यक्रम गर्न लागेको हो ।

भाद्र तेस्रो हप्ता एक दिनको लागि आयोजना हुन लागेको कार्यक्रममा राइड गर्न मन पराउने एक सय भन्दा बढीको सहभागिता हुने भएको हो । भक्तपुरको राधे राधे देखि धुलिखेलसम्म राइड हुनेछ । उक्त कार्यक्रममा सहभागी हुने राइडरहरुलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माईपे डिजिटल वालेटले व्यहोर्ने माईपेले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन, माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपर्ने छ । वा माइपे डाउनलोड गर्दा रिफर कोर्डमा MRBVLOGS राखी डाउनलोड गरी केवाईसी समेत भरेमा राइडको लागि योग्य हुने माइपेले जनाएको छ ।

“राइडमा मोटरसाइकलको पछाडि राखेर साथी समेत लान सकिने छ र त्यसका दुवैको फर्म भरेको हुनुपर्नेछ । यसरी फर्म वा केवाईसी भरेका मध्येबाट राइडका लागि एक सय जना छनौट गरिनेछ,” माइपेले विज्ञप्ति जारी गर्दै भनेको छ।

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेले जनाएको छ ।

कार्यक्रममा नायिका स्वातिमा खड्का, नायक नीराजन प्रधान, युवा मोटो भ्लगर एमआरबीका साथमा अन्य कलाकारहरुको समेत उपस्थिती हुने आयोजक माइपेले जनाएको छ ।